neapl investment mega bank
  • गृहपृष्ठ
  • मर्मतको माग गर्दै युवाद्वारा सडकमै धान रोपेर विरोध

मर्मतको माग गर्दै युवाद्वारा सडकमै धान रोपेर विरोध

Jun 24th, 2020

राजविराज, १० असार

भारदह–राजविराज सडक खण्डअन्तर्गत सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपामा डेढ वर्षदेखि जीर्ण रहेको सडक मर्मतमा ध्यान नदिएको भन्दै युवाले मङ्गलबार सडकमै धान रोपेर विरोध जनाएका छन् ।

तोपा गाउँस्थित सडकखण्डमा उनीहरुले सडकमै धान रोपेर विरोध जनाएका हुन् । सोही वडाका युवा कौशल यादवले जीर्ण सडकका कारण वर्षामा हिलो र सुक्खा याममा धूलोले सास्ती हुने गरेको बताउनुभयो । “सडक मर्मत सम्भारमा स्थानीय र सङ्घीय सरकारले लामो समयदेखि कुनै चासो नदिएपछि बाध्य भएर आफूहरुले सडकमै धान रोपाइँ गर्नुपरेको हो”, उहाँले भन्नुभयो । डेढ वर्षदेखि लथालिङ्ग सडकको अवस्थाप्रति सरकारको ध्यान नपुग्दा यो सडकमा कैयौँ पटक दुर्घटनासमेत हुने गरेको छ । आफूहरुलाई सडकमा रोपाइँ गर्नु रहर नभई बाध्यता नै बनेको कौशलले बताउनुभयो ।रासस

aadharbhumi
aadharbhumi
aadharbhumi