आधारभूमि संवाददाता
काठमाडौ, असार ८
कोभिड– १९ बाट निको भएर घर फर्कने सङ्ख्या आज अहिलेसम्मकै धेरै रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न अस्पतालबाट ३७० जना डिस्चार्ज भएको बताए । डिस्चार्ज हुनेमा ३३८ जना पुरुष र ३२ जना महिला रहेको गौतमले बताए ।
योसहित नेपालमा डिस्चार्ज हुनेको सङ्ख्या २१४२ पुगेको छ । जसमा महिला १६१ र पुरुष १९६१ जना रहेका छन् । प्रवक्ता अनुसार हालसम्म रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ भने बितेका २४ घण्टामा कसैको पनि मृत्यु भयको छैन ।