आधारभूमि संवाददाता
काठमाडौँ,७ असार
ललितपुरको टिकाथलीका कोरोना संक्रमितको अवस्था सामान्य रहेको छ । चितवन जिल्ला रत्ननगर घर भई हाल महालक्ष्मी नगरपालिका –५ टीकाथली बस्ने ५० वर्षीय पुरुषमा गत असार ४ गते उनमा कोरोना पोजेटिभ देखिएपछि उपचारको लागि सोही दिन नै पाटन अस्पताल लगिएको थियो । संक्रमितको श्रीमतीलाई क्वारेन्टीनमा राखी पी.सी आर टेस्ट गर्न पठाइएको थियो र पि.सि.आर रिपोर्ट नेगेटिभ आएको छ । सोही घरसँगै तीन घर सिल गरिएको र निजहरुको कन्ट्याक्ट् ट्रेसिङ गराउने महालक्ष्मी वडा नं ५ का वडा अध्यक्ष राजकुमार सिलवालले आधारभूमिलाई जानकारी दिएका छन् ।
निज सिल गरिएको घरका परिवारहरुलाई वडा नं ५ ले आवश्यक सामाग्री समेत पुर्याउने गरेको सिलवालले बताए ।
संक्रमितलाई गत असार ४ गते कोरोना पोजेटिभ देखिएको थियो । संक्रमितले करिब ६ महिना अघि भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रबाट मृगौला प्रत्यारोपण गरेका थिए । करिब २० दिन अघि पेट दुख्ने समस्या भएर नियमीत जाँचका क्रममा अस्पताल गएका उनमा कोरोना पोजिटिभ देखिएको थियो । संक्रमितको परिवारमा श्रीमती र एक जना छाृेरा छन् ।