neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा स्पास्मो क्याप्सुलसहित पक्राउ

एपीएफ टोलीद्वारा स्पास्मो क्याप्सुलसहित पक्राउ

Jun 18th, 2020

पश्चिम नवलपरासी, असार ४

पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाँउपालिका ५ भगतपुरा स्थित सीमा ईलाकाबाट असार २ गते एपीएफ टोलीले दुई सय ८० वटा स्पास्मो क्याप्सुलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाँउ बस्ने २६ वर्षिय बदुरुद्धिन धुनिया छन् ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश गेरमाबाट खटिएको एपीएफ टोलीले निज धुनियालाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त परिमाणको स्पास्मो क्याप्सुल फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका उनलाई बरामद लागुऔषधहित आवश्यक कारवाहिको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi