काठमाडौँ, ४ असार
राष्ट्रियसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७७ लाई बहुमतले पारित गरेको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक बैठकमा पेश गर्नुभएको थियो ।
त्यसअघि सांसदहरु प्रकाश पन्त, तारादेवी भट्ट, अनिता देवकोटा, रमेशजङ्ग रायमाझी, जितेन्द्रनारायण देवले पेश गर्नुभएको विनियोजन विधेयक, २०७७ अन्तर्गत विभिन्न मन्त्रालयसम्बन्धी खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक यही असार ५ गते बिहान ११ बजे बस्नेछ । रासस