आधारभूमि संवाददाता
ललितपुर, ४ असार
ललितपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।
संक्रमण हुनेमा ललितपुर महालक्ष्मी न .पा ५ टीकाथली डेरा गरि बस्ने ५० वार्षिए पुरुष सिताराम भण्डारी रहेको सोही वडा अध्यक्ष राजकुमार सिलवालले आधारभूमिलाई जानकारी दिए।
संक्रमितले २३ दिन अघि मिर्गौला प्रत्यारोपण गरेको वडा अध्यक्ष सिलवालले जनाए । संक्रमितले करिब ६ महिना अघि भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रबाट मृगौला प्रत्यारोपण गरेका थिए । करिब २० दिन अघि पेट दुख्ने समस्या भएर नियमीत जाँचका क्रममा अस्पताल गएका उनमा कोरोना पोजिटिभ देखिएको हो । संक्रमितको परिवारमा श्रीमती र एक जना छाृेरा छन् । छोरा घर बाहिर रहेको र श्रीमतीलाई क्वारेन्टीनमा राखी पी.सी आर टेस्ट गर्न पठाइएको वडा अध्यक्ष सिलवालले जनाकारी दिए । यसका साथै संक्रमित बस्ने घरमा रहेका सबैलाई घरमै क्वारेन्टीनमा राखीएको पनि जानकारी दिए । वडा अध्यक्षका अनुसार संक्रमितलाई उपचारको लागि पाटन अस्पताल लगिएको र स्वास्थ्य स्थिति सामान्य रहेको छ ।