neapl investment mega bank
  • गृहपृष्ठ
  • क्वारेन्टिनमा महिला असुरक्षित भएको बारे सांसदद्धारा सरकारको ध्यानकर्षण, महिलाको लागि छुट्टै क्वारेन्टिन बनाउनुपर्ने माग

क्वारेन्टिनमा महिला असुरक्षित भएको बारे सांसदद्धारा सरकारको ध्यानकर्षण, महिलाको लागि छुट्टै क्वारेन्टिन बनाउनुपर्ने माग

Jun 18th, 2020

आधारभूमि संवाददाता

काठमाडौं ,४ असार

क्वारेन्टाइनमा भएका महिला हिंसा विरुद्ध संसदले आवज उठाएका छन् । प्रतिनिधिसभाका महिला सांसदहरूले क्‍वारेन्टिनमै महिला असुरक्षित हुनु गम्भीर घटना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै महिला सांसदहरूले गत विहीबार कैलालीको क्‍वारेन्टिनमा बसेकी महिलामाथि बलात्कार भएको घटनाको विषय उठाएका हुन् ।

महामारी नियन्त्रणका लागि सरकारले देशका विभिन्न स्थानमा व्यवस्था गरेको क्वारेन्टिन असुरक्षित बनेको भन्दै सांसदले क्वारेन्टिनलाई व्यवस्थित र सुरक्षित गर्न तथा महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गर्न माग गरेका छन् ।

सांसदहरूले कोरोनाबाट बच्न बनाइएका क्‍वारेन्टिनमै महिला असुरक्षित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। नेकपा सांसद निरुदेवी पाल, पवित्रा निरौला, कांग्रेस सांसद पार्वता डीसी चौधरी, जनता समाजवादी पार्टीकी सांसद नरमाया ढकाललगायतले क्‍वारेन्टिनमा रहेका महिलाहरूको सुरक्षाको सवाल उठाएका हुन् ।

यसैगरी सांसद पवित्रा खरेल निरौलाले कैलालीको लम्कीमा महिलामाथि भएको घटनाका दोषीलाई कडा कारबाही गरिनुपर्ने माग गरिन् । सांसद नरमाया ढकालले क्वारेन्टिन यातना गृह जस्तो भएकाले तत्काल क्वारेन्टिनको अवस्था सुधार गर्न माग गरिन् ।

सांसद पार्वता डीसी चौधरीले कैलाली घटनाबारे आपत्ति जनाउँदै क्वारेन्टिनमै असुरक्षित महिला कहाँ सुरक्षित होलान भनी प्रश्न गरिन । उनले घटनामा संलग्नलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

साथै सांसद पूर्णकुमारी सुवेदीले कैलालीको क्वारेन्टिनमा बिरामी महिलामाथि भएको घटनाको भत्सर्ना गर्दै दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरिन् ।

सांसद टेकबहादुर बस्नेतले क्वारेन्टिनलाई व्यवस्थित बनाउँदै स्वास्थ्य सामग्री सिधै जिल्ला र स्थानीय तहलाई हस्तान्तरण गर्न आग्रह गरे ।

यसैविच सो घटनालाई लिएर हजिो मन्त्रिपरिषद तथा राष्टि य सभामा पनि चर्चा भएको थियो । प्रधानमन्त्री केपी शर्माओलीले कैलालीको क्वारेन्टाइनमा गत जेठ ३२ गते भएको बलात्कारको घटनाबारे चासो दिदै गृहमन्त्री रामबहादुर थापासँग त्यसको बारेमा सोधपुछ गरेका थिए।

मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले घटना कसरी घट्यो, क्वारेन्टाइनमा सुरक्षाकर्मीको उपस्थिति रहे नरहेको र आरोपी पक्राउ परे नपरोको विषयलाई लिएर गृहमन्त्री थापासंग सोधपुछ गरेका हुन् ।

प्रधामन्त्रीलाई जवाफ दिंदै गृहमन्त्री थापाले आरोपित पक्राउ परेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले क्वारेन्टाइनमा स्वंयसेवकबाट सामूहिक बलात्कारको घटना हुनु दुःखद र गम्भीर विषय भएको वताएका थिए । उनले देशभरका क्वारेन्टाइनको सुरक्षा ब्यवस्था बलियो बनाउन गृहमन्त्रीलाई निर्देशन दिएका थिए ।

सार्थ प्रधानमन्त्रीले देशभरका क्वारेन्टाइनको अवस्था कस्तो रहेको छ, कसरी व्यवस्थापन भइरहेको छ भन्दै जानकारी मागेका थिए । क्वारेन्टाइनको सुधार गर्न आवस्यक सबै कुराको ब्यवस्थापन गर्न निर्देशन दिएको स्रोतले वताएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi