neapl investment mega bank
  • गृहपृष्ठ
  • नदीजन्य पदार्थ उत्खनन रोक्न सुरक्षाकर्मी परिचालन

नदीजन्य पदार्थ उत्खनन रोक्न सुरक्षाकर्मी परिचालन

Jun 18th, 2020

राँझा, ४ असार

जिल्ला प्रशासन कार्यालयले जिल्लामा नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सक्रियता देखाएको छ ।

राप्तीसोनारी र डुडुवा गाउँपालिकाका विभिन्न खोला तथा नदीबाट अवैधरुपमा ती पदार्थको उत्खनन भएको पाइएपछि त्यसलाई रोक्न सुरक्षाकर्मी खटिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार राप्ती नदीबाट अवैधरूपमा बालुवा उत्खनन गरी आउँदै गरेका छ ट्र्याक्टरसहित नौ जनालाई पक्राउ गरी मुद्दा दर्ता गरिएको छ । विगतमा जरिवान तिराएर छाड्ने गरिएकामा पुनः उत्खनन कार्यमा प्रयोग भएको पाइएकाले अब मुद्दा चलाएर कारवाही गर्ने प्रक्रिया अघि बढाइएको छ ।

सो कार्यमा संलग्नलाई निरुत्साहन गर्न मुद्दा चलाउन थालिएको उहाँले बताउनुभयो । ती दुई गाउँपालिका अन्तर्गत रहेको राप्ती नदीलगायत दर्जनाँै स्थानबाट डोजर प्रयोग गरी ती पदार्थको दैनिकरूपमा उत्खनन हुँदै आएको छ ।

बन्दाबन्दीमा समेत उत्खननसम्बन्धी व्यापक गुनासो आएपछि नियन्त्रण गर्न प्रशासनले चासो देखाएको हो । बन्दाबन्दीका समयमा समेत दिनरात नदीजन्य पदार्थको अवैधरूपमा उत्खनन गरेको पाइएपछि नियन्त्रणका लागि प्रशासनमा खबर गरिएको डुडुवा –५ का वडाध्यक्ष परशुराम बुढाथोकीले बताउनुभयो ।

सो गाउँपालिकासँगै जोडिएको छिमेकी राप्तीसोनारी – ३ खैरेनी र साइपुर नाका, वडा नं ४ को लालपुर, वडा नं ५ को आलिनगर र ललै नाकाबाट नदीजन्य पदार्थको अवैधरूपमा निकासी हुने गरेको छ । रासस

aadharbhumi
aadharbhumi
aadharbhumi