neapl investment mega bank
  • गृहपृष्ठ
  • सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट सशस्त्र प्रहरी बल ५० गुल्म दार्चुलाको भवन उद्घाटन

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट सशस्त्र प्रहरी बल ५० गुल्म दार्चुलाको भवन उद्घाटन

Jun 18th, 2020

काठमाडौं, असार ४

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५० गुल्म दार्चुलाको नव निर्मित भवनको असार ३ गते उद्घाटन गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा भौगोलिक विकटताका बावजुद त्यस क्षेत्रमा सशस्त्र प्रहरी कर्मचारीहरुले शान्ति सुरक्षामा पु¥याएको योगदानको प्रशंसा गर्नुहुँदै कोभिड–१९ महामारी नियन्त्रणमा देशभर सशस्त्र प्रहरीको परिचालन तथा भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

उहाँले सो गुल्मलाई गणमा स्तरोन्नती गरिने योजना रहेको चर्चा गर्नुहुँदै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई शान्ति सुरक्षा लगाएत विपद् प्रकोप पीडित नागरिकको सेवा, सुरक्षा, सहयोग र उद्वार कार्यमा दत्तचित्त भई सकृयताकासाथ कृयाशिल रहन निर्देशन दिनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले निरन्तर कार्यक्षेत्रमा चौविसै घण्टा खटिने सुरक्षाकर्मीहरुको योगदान सराहनिय रहेको उल्लेख गर्नुहँुदै सशस्त्र प्रहरी बल, नेपाललाई अझै आधुनिक साधनस्रोत सम्पन्न बनाउन आफुहरु सधैं कृयाशिल रहिरहने बताउनुभयो ।

उहाँले आगामी दिनहरुमा सीमा नाकाहरुमा थप बोर्डर आउट पोष्टहरु थप्दै लगिने कार्ययोजना रहेको उल्लेख गर्नुहुँदै क्रमिक रुपमा स्थायी भवन समेत निर्माण गरिने बताउनुभयो । सो गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक डम्मरबहादुर विष्टले सो अवसरमा निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभयो । करीव २ करोड ८७ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको १५ वटा कोठा रहेकोे सो भवनमा कार्यालय, भण्डार तथा तीन वटा व्यारेक समेत रहेको छ ।


सशस्त्र प्रहरी महानिरीक्षक खनालले आजै सोहि जिल्लाको छाङ्गरुमा हालै स्थापना भएको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छाङ्गरुको निरीक्षण समेत गर्नुभई उच्च मनोवलकासाथ जिम्मेवारी निर्वाहमा कृयाशिल रहन निर्देशन दिनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले आजै नेपाली सेनाको दुर्गादल गुल्म दार्चुला परिषरमा भएको बृक्षारोपण कार्यक्रममा बृक्षारोपण समेत गर्नुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi