काठमाडौ, असार ३
नागरिकताको बिषयमा संवेदनशील हुनै पर्ने राप्रपा अध्यक्ष कमल थापाले बताएकाछन । उनले सामाजिक संजाल ट्विटर मार्फत आफ्नो धारणा यसरी सार्बजनिक गरेका हुुन ।
“नेपालको भूराजनीतिक अवस्था र सामाजिकर सांस्कृतिक परिवेशलाई दृष्टिगत गर्दै नागरिकताको बिषयमा संवेदनशील हुनैपर्छ, उनले भनेकाछन । बैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि मात्र पाउने र त्यो अवधिसम्मका लागि आर्थिक,सामाजिक र साँस्कृतिक अधिकार प्रयोगगर्न पाउनेगरी नागरिकता सरहको अनुमतिपत्र दिनु उपयुक्त हुने उनको ठहर रहेको छ ।