neapl investment mega bank
  • गृहपृष्ठ
  • कैलालीको क्वारेन्टाइनमा भएको घटनाबारे प्रधानमन्त्रीको चासो, बलात्कार विरुद्ध संसदमापनि उठ्यो आवाज

कैलालीको क्वारेन्टाइनमा भएको घटनाबारे प्रधानमन्त्रीको चासो, बलात्कार विरुद्ध संसदमापनि उठ्यो आवाज

Jun 17th, 2020

आधारभूमि संवाददाता

काठमाडौं , आसार ३

कैलालीको क्वारेन्टाइनमा केही दिन अघि भएको बलात्कारको घटनाबारे मन्त्रिपरिषद तथा संसदमा गम्भिर चर्चा भएको छ । प्रधानमन्त्री केपी शर्माओलीले कैलालीको क्वारेन्टाइनमा गत जेठ ३२ गते भएको बलात्कारको घटनाबारे चासो दिदै गृहमन्त्री रामबहादुर थापासँग त्यसको बारेमा सोधपुछ गरेका छन् ।

हिजो साँझ बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले घटना कसरी घट्यो, क्वारेन्टाइनमा सुरक्षाकर्मीको उपस्थिति रहे नरहेको र आरोपी पक्राउ परे नपरोको विषयलाई लिएर गृहमन्त्री थापासंग सोधपुछ गरेका हुन् ।

प्रधामन्त्रीलाई जवाफ दिंदै गृहमन्त्री थापाले आरोपित पक्राउ परेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले क्वारेन्टाइनमा स्वंयसेवकबाट सामूहिक बलात्कारको घटना हुनु दुःखद र गम्भीर विषय भएको वताएका थिए । उनले देशभरका क्वारेन्टाइनको सुरक्षा ब्यवस्था बलियो बनाउन गृहमन्त्रीलाई निर्देशन दिएका थिए ।

सार्थ प्रधानमन्त्रीले देशभरका क्वारेन्टाइनको अवस्था कस्तो रहेको छ, कसरी व्यवस्थापन भइरहेको छ भन्दै जानकारी मागेका थिए । क्वारेन्टाइनको सुधार गर्न आवस्यक सबै कुराको ब्यवस्थापन गर्न निर्देशन दिएको स्रोतले वताएको छ ।

संसदमा पनि चासो

यसैविच बैलालीको घटनाबारे संसदमा पनि आवाज उठेको छ । राष्ट्रियसभाकी सांसद विमला राई पौडेलले क्वारेन्टिनको अवस्था दर्दनाक भएको बताउदै क्वारेन्टीनहरु महिलाको लागि सुरक्षित बनाउनुपर्ने धारणा राखेकी छन् । उनले बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै क्वारेन्टिनहरू खासगरी महिला, बालबालिका तथा वृद्ध–वृद्धामैत्री नभएको वताएकी हुन् ।

साथै उनले कोेभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०मा महिला मन्त्रालयको उपस्थिति अनिवार्य बनाउन पनि माग गरेकी छन् ।

अधिकारकर्मीको विरोध

यस घटनाको अधिकारकर्मीले पनि भत्सर्ना गरेका छन् । महिला मानव अधिकार रक्षक सञ्जाल (एनएडब्लूएचआरडी) ले सरकारले क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ अनुसार काम नगर्दाको परिणाम नै क्वारेन्टाइनमा सामूहिक बलात्कार भएको ठहर गरेको छ ।

क्वारेन्टाइनहरु न्यूनतम मापदण्ड समेत पूरा नगरी सञ्चालनमा ल्याइदा यस्तो दुःखद् घटना भएको उसको तर्क छ ।

कोरोना भाइरस (कोभिड १९) सम्बन्धि क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ ले गर्भवती महिला, दश वर्षसम्मका बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि प्राथमिकता दिइ अलग्गै क्वारेन्टाइनको व्यवस्था गर्ने भने पनि सरकारले सो मापदण्ड पूरा नगरेको सञ्जालले वताएको छ ।

सञ्जालले आ जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मानवीय संवेदना नै स्तब्ध हुने गरि रक्षक नै भक्षक बनेको यो घटनाको महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल घोर भत्र्सना गर्दछ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरी एक लाख ३३ हजार ९ जना क्वारेन्टिनमा छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi