neapl investment mega bank
  • गृहपृष्ठ
  • छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा २८ जना पक्राउ

छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा २८ जना पक्राउ

Jun 17th, 2020

काठमाडौं, असार ३

टोखा नगरपालिका ११ बानियाटार डेरा गरी बस्ने मञ्जु मगरको कोठामा जुवातास खेलिरहेका काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने मकवानपुर थाहा नगरपालिका ७ घर भएकी ३७ वर्षीया बसुन्धारा केसी लगायत १२ जनालाई नगद २ लाख ७१ हजार रुपैयाँ र ३ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंको कीर्तिपुर नगरपालिका ६ चौभार टौदहस्थित हरि महर्जनको घरमा जुवा खेलिरहेका सोही ठाउँ बस्ने ३८ वर्षीय राम खड्का लगायत १० जनालाई नगद ५५ हजार ९ सय १० रुपैयाँ र ४ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

चितवनको खैरहनी नगरपालिका ४ कुनाघारी बस्ने ३१ वर्षीय गुड बहादुर गुरुङको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ३५ वर्षीय ईन्द्र जंग थापा लगायत ६ जनालाई नगद ३३ हजार ९ सय ३० रुपैयाँ र ३ बुक तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi