neapl investment mega bank
  • गृहपृष्ठ
  • सङ्क्रमणबाट मुक्त भएपछि मात्रै घर : मुख्यमन्त्री गुरुङ

सङ्क्रमणबाट मुक्त भएपछि मात्रै घर : मुख्यमन्त्री गुरुङ

Jun 17th, 2020

स्याङ्जा, ३ असार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसबाट सङ्क्रमित बनेकाहरुलाई सङ्क्रमणबाट मुक्त भएपछि मात्रै घर पठाउने बताउनुभएको छ । मङ्गलबार स्याङ्जामा कोरोना सङ्क्रमित भएर जिल्लाका विभिन्न अस्पतालमा आइसोलेसनमा रहेर उपचार गराइरहेका सङ्क्रमितको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिनुका साथै आइसोलेसनको निरीक्षण गर्ने क्रममा मुख्यमन्त्री गुरुङले सो कुरा बताउनुभएको हो ।

मुख्यमन्त्री गुरुङले भन्नुभयो, “विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले कोरोना सङ्क्रमण भए पनि लक्षण नदेखिएकालाई १४ दिनपछि परीक्षणबिना घर पठाउने भने पनि प्रदेश सरकारले सङ्क्रमितको पिसीआर परीक्षण गरेर सङ्क्रमणबाट मुक्त भएपछि मात्रै घर पठाउँछ ।”

मुख्यमन्त्री गुरुङले भिरकोटमा रहेको कालिका सामुदायिक अस्पताल हेलु र गल्याङ नगरपालिकामा रहेको नगर अस्पतालको निरीक्षण गर्नुभएको थियो । मुख्यमन्त्री गुरुङले भारतबाट आएकालाई राख्न क्वारेन्टिनको व्यवस्थापनसँगै आइसोलेसन अस्पताल निर्माणमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकाले सोहीअनुसार काम गर्नुपर्ने बताउनुभयो । प्रदेश सरकार जनताको स्वास्थ्यप्रति सचेत रहेको बताउँदै मुख्यमन्त्री गुरुङले सबै मिलेर कोरोनाको सामना गर्नुपर्नेमा जोड दिनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi