neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठक सम्पन्न

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठक सम्पन्न

Jun 16th, 2020

काठमाडौ, असार २

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठक २०७७ असार २ गते महासंघ केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ ।

बैठकले पछिलो समय विभिन्न सञ्चार गृहहरुले कोभिड–१९ को कारण देखाउँदै श्रमजीवी पत्रकारहरुलाई सेवाबाट निष्काशन गर्ने, तलब नदिने, तोकिएको पारिश्रमिक एकतर्फि ढंगले कटौती गर्ने, विभिन्न बहाना देखाएर काम गर्ने वातावरण नदिने, राजिनामा दिन दबाव दिने जस्ता कार्य जारी राखेका विरुद्ध महासंघ सशक्त आन्दोलनमा जाने निर्णय गरेको छ ।

महासंघले एक सातासम्म सम्बन्धित सञ्चार प्रतिष्ठानलाई श्रमजीवी पत्रकार विरुद्धका सबैखाले गतिविधि बन्द गर्न, श्रमजीवीप त्रकार ऐनको पूर्ण पालनागर्न र सोको जानकारी महासंघलाई गराउन आग्रह गरेको छ । एक साताभित्र श्रमजीवी पत्रकारका समस्या समाधान नभए महासंघ चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने स्पष्ट पार्न चाहन्छ । श्रमजीवी पत्रकारको पेशागत रक्षाका लागि हुने आन्दोलनलाई सफल बनाउन महासंघले सबै प्रदेश समिति, जिल्ला तथ प्रतिष्ठान शाखा र एसोसियट संस्थासहित सञ्चार सम्बद्ध सबै संघ–संस्थामा हार्दिक आग्रह समेत गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi