neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरिपैठारी निकासीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरिपैठारी निकासीको सामान बरामद

Jun 16th, 2020

काठमाडौं, असार २

रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका ७ मनहरा पुलबाट असार २ गते एपीएफ टोलीले करीव एक लाख ६१ हजार रुपैयाँ बराबरको चोरीनिकासीको सामान बरामद गरेको छ ।

नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरको उल्लेखित मुल्य बराबरको २७ बोरा छोकडा र १० वटा साईकल सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेका हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय सुनौलीमा बुझाएको छ ।

यसैगरी बारा जिल्लाको विश्रामपुर गाउँपालिका १ कल्याणपुर सीमा ईलाकाबाट असार १ गते एपीएफ टोलीले करीव एक लाख ५७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा र तीन वटा साईकल सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश छतवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सरमजुवाबाट खटिएको एपीएफ टोलीले असार २ गते करीव एक लाख नौ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको मोवाईलमा प्रयोग हुने सामान, लत्ताकपडा र आल्मोनियमको तार एपीएफ टोलीले रौतहट जिल्लाको बौधिमाई नगरपालिका ७ बंकुल स्थित सीमा ईलकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय गौरमा बुझाईएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi