आधारभूमि संवाददाता
काठमाडौँ, २ असार
काठमाडौंमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एकजना महिलामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।
संक्रमित महिलाको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयले जनाएको छ। यस अघि सोमबार काठमाडौंमा २ पुरुष,२ महिला र ललितपुरकी १ महिलामा कोरोना संक्रमण देखिएको थियो।