neapl investment mega bank
  • गृहपृष्ठ
  • “रुकुम अपराध छर्लङ्ग छ, तर हामी कसलाई बचाउन लागिरेका छौँ”

“रुकुम अपराध छर्लङ्ग छ, तर हामी कसलाई बचाउन लागिरेका छौँ”

Jun 16th, 2020

काठमाडौँ, २ असार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भैरवसुन्दर श्रेष्ठले सोमबार जाजरकोट जिल्ला प्रशासन अगाडि धर्ना बसिरहेकामाथि अनावश्यक लाठीचार्र्ज, अश्रु ग्यास प्रहार गर्ने, अनावश्यक गोली चलाउने र चलाउन आदेश दिनेमाथि कारवाही गर्नुपर्ने माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद श्रेष्ठले समय माग गरी हिजो जाजरकोट जिल्ला प्रशासन कार्यालय अगाडि न्यायको पक्षमा प्रदर्शन गर्दैगर्दा प्रहरीले अनाश्यक रुपमा हवाई फाएर गरेको छ, गोली चलाउने आदेश कस्ले दियो भन्ने प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “रुकुममा यत्रो अपराध भएको छ, सरकारले छानबिन समिति बनाएको छ, ससदीय छानबिन समितिले काम थालेको छ, अदालतमा मुद्दा परिसकेको छ, तर हामी कसलाई बचाउन लागिरहेका छौँ, कुन पक्षलाई बचाउन लागिएको छ, हामीलाई शङ्का छ, न्याय मर्नु हुँदैन ।”

यही जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र साथी लिएर केटीको घरमा जाँदै गर्दा सो घटना भएको जनाइएको छ । नवराजसँगै केटीका घरमा गएका छ जनाको शव भेरी नदीमा भेटिएको थियो । निष्पक्ष रुपमा छानबिन गरी दोषीलाई हँदैसम्मको कानूनी कारवाही गर्न माग गर्दै दलित समुदायले देशैभरी प्रदर्शन गर्दै आएका छन् । उहाँले प्रहरीको छानबिन टोलीले मृतकको शरीरमा चोटैचोट भएको प्रतिवेदन सार्वजनिक गरिसकेका सन्दर्भमा कसैको दबाबमा चिकित्सकले भेरी नदीमा हामफालेर मृत्यु भएको भनी शव परीक्षण रिपोर्ट निकालेको आरोप लगाउनुभयो ।
रासस