neapl investment mega bank

पहिरोबाट बाटो अवरोध

Jun 16th, 2020

काठमाडौं, २ असार

मकवानपुर, भिमफेदी गाउँपालिका-६ गढीस्थित हेटौडा-कुलेखानी-काठमाडौं सडकखण्डमा मंगलबार बिहान वर्षाको कारण पहिरो आई बाटो अवरोध भएको छ । ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले बाटो खुलाउने पहल गरिरहेको छ ।

सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-२ र ३ को सिमानामा पर्ने अरनिको राजमार्गस्थित लार्चा पुलमा सोमबार साँझ वर्षाको कारण बाढीले ढुङ्गा र माटो ल्याई थुपारेकोले बाटो अवरोध भएको छ । साथै सोही गाउँपालिका-२ स्थित १० किलो भन्ने स्थानमा समेत पहिरो आई बाटो अवरोध भएको छ । सिमा प्रहरी चौकी कोदारीबाट खटिएको प्रहरीले बाटो खुलाउने पहल गरिरहेको    छ ।

ललितपुर, बाग्मती गाउँपालिका-३ माचखोला भट्टेडाँडास्थित चापागाउँबाट मकवानपुर जाने बाटोमा सोमबार साँझ अविरल वर्षाको कारण पहिरो गई बाटो अवरोध भएको छ । प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले बाटो खुलाउन पहल गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi