neapl investment mega bank
  • गृहपृष्ठ
  • जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

Jun 15th, 2020

पर्वत, असार १

जिल्ला अदालत पर्वतको २०७२ पुस २८ गतेको फैसलाले ४ वर्ष ११ महिना ६ दिन कैद तोकि फरार रहेका प्रतिवादी कुश्मा नगरपालिका ३ बस्ने ५६ वर्षीय भाने भन्ने बल बहादुर बिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

२०७२ जेठ ३० गते दिउँसो ७६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको घटनमा संलग्न रहेका बिकलाई २०७२ असार ३ गते पक्राउ गरी सम्पूर्ण अनुसन्धान कार्य सम्पन्न पश्चात जिल्ला सरकारी वकिल कार्यालय पर्वत मार्फत जिल्ला अदालत पर्वतमा मुद्धा पेश भएकोमा अदालतको २०७२ असार २७ गतेको थुनछेक आदेशले निज प्रतिवादीलाई ३० हजार रुपैयाँ धरौटी माग भएकोमा माग बमोजिम धरौटी राखि बिक तारेखमा छुटेका थिए ।

सोही घटनाको थप अनुसन्धान पश्चात जिल्ला अदालत पर्वतको फैसलाले बिकलाई ४ वर्ष ११ महिना ६ दिन कैद तोकेको हुँदा निज प्रतिवादीले आफूलाई लागेको कैद भुक्तान नगरी फरार भएकोमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बिकलाई आफ्नै घरमा लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।

बिकलाई आवश्यक कारवाहीको लागि आइतबार पर्वत जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले जिल्ला कारागार पर्वत पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi