neapl investment mega bank
  • गृहपृष्ठ
  • धारिलो हतियार प्रहारबाट मृत्यु, एक जना पक्राउ

धारिलो हतियार प्रहारबाट मृत्यु, एक जना पक्राउ

Jun 15th, 2020

कैलाली, असार १

गौरीगंगा नगरपालिका ६ स्थित सोही स्थान बस्ने २१ वर्षीय दिपक खड्काको धारिलो हतियार हँसिया प्रहारबाट आइतबार राति मृत्यु भएको छ ।

२०७७ जेठ २७ गते सोही स्थान बस्ने २१ वर्षीय बेजन बिक र गोदावरी नगरपालिका ९ बस्ने २८ वर्षीय दिपक राज जोशीले हँसिया प्रहार गरी घाईते भएका खड्काको मायामेट्रो अस्पताल धनगढी हुँदै नर्सिङहोम नेपालगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । धारिलो हतियार प्रहार गर्ने २८ वर्षीय दिपक राज जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार रहेका बेजन बिकलाई खोजी गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi