neapl investment mega bank
  • गृहपृष्ठ
  • सरकारद्धारा बिदेशमा अलपत्र परेका बंगलादेश र अफगानिस्थानबाट २६२ जनाको उद्धार

सरकारद्धारा बिदेशमा अलपत्र परेका बंगलादेश र अफगानिस्थानबाट २६२ जनाको उद्धार

Jun 14th, 2020

काठमाडौ, जेठ ३२

सरकारले बिदेशमा अलपत्र नेपाली नागरिकको उद्धार गर्ने क्रममा आज आईतबार बंगलादेश र अफगानिस्थानबाट २६२ जनाको उद्धार गरेको छ ।

सिसिएमसीका अनुसार मन्त्रिपरिषद्को यही जेठ १२ गतेको निर्णय अनुसार कोभिड १९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित साथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई ब्यवस्थापन गर्ने सिलसिलामा आज आईतबार अफगानिस्तानबाट १८ जना नेपाली नागरिकहरुको स्वदेश आगमन भएको छ । आगमन पश्चात वहाँहरु सबैको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका प्रकृया पुरा गरी काठमाण्डौं स्थित पार्क भिलेज रिसोर्टमा होटल क्वारेन्टाईनमा पठाईएको सिसिएमसीले जनाएको छ ।

यसैगरी आज नै बंगलादेशबाट नेपाल बायु सेवा निगमको उडानबाट (नं.१ प्रदेशका १८ जना, नं.२ प्रदेशका ६५ जना, बाग्मत् िप्रदेशका १३४ जना, गण्डकी प्रदेशका १२ जना, नं.५ प्रदेशका २० जना, कर्णाली प्रदेशका ५ जना र सुदुरपश्चिम प्रदेशका ८ जना समेत गरी जम्मा १६२ जना नेपाली नागरिकहरुको उद्धार गरिएको हो । उद्धार गरिएका मध्ये केही आउने क्रममा नै रहेको सिसिएमसीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi