आधारभूमि संवाददाता
काठमाडौँ, ३२ जेठ
नेपालमा आज ६१ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न अस्पतालबाट ६१ जना डिस्चार्ज भएको बताए । डिस्चार्ज हुनेमा ५५ जना पुरुष र ६ जना महिला रहेको गौतमले बताए ।
योसँगै नेपालमा ९७४ जनाले कोभिड–१९ लाई जितेका छन् । तीमध्ये ८७७ पुरुष र ९७ महिला छन् ।