neapl investment mega bank
  • गृहपृष्ठ
  • अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन पेश

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन पेश

Jun 14th, 2020

काठमाडौँ, ३२ जेठ

प्रतिनिसभाको बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौलाले ‘समितिको वार्षिक प्रतिवेदन, २०७७’ सदनसमक्ष पेश गर्नुभयो ।

संसदीय समितिका वार्षिक प्रतिवेदन सदनसमक्ष पेश गर्र्ने संवैधानिक व्यवस्था छ । आजको बैठकमा प्रतिवेदन पेश गर्दै उहाँले एक वर्षको अवधिमा सञ्चालन भएका समितिका ३५ बैठकले विभिन्न निकायलाई महत्वपूर्ण निर्देशन र सुझाव दिएर्को जानकारी दिनुभयो ।

समितिले सीमा क्षेत्रको सुरक्षा र डुबान समस्या, नेपाल वायुसेवा निगमको जहाज खरिद प्रक्रिया, पर्यटन प्रवद्र्धन तथा व्यवस्थापन, विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक सम्पदा क्षेत्रका संरक्षमा भइरहेका प्रयासबारे सरकारलाई सल्लाह र सुझाव दिएको थियो ।

पशुपतिनाथ क्षेत्रको मूर्तअमूर्त संस्कृतिका सम्बन्धमा पशुपति क्षेत्र विकास कोषले गरेको अनुसन्धान, नेपालको सार्वभौमिकसत्ता र भौगोलिक अखण्डताको रक्षा, भारतलगायत विश्वका विभिन्न देशमा रहेका नेपालीलाई कोभिड–१९ बाट सुरक्षा र उनीहरुको समस्या सम्बोधनसम्बन्धी विषयमा समितिले सरकारलाई सुझाव दिएको थियो ।

समितिले बन्दाबन्दीमा नागरिकको उद्धार, नेपालको भूमि समेटेर नक्सा प्रकाशन, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा नेपालको सुरक्षा र प्रशासनिक क्षेत्र कायम गर्ने विषयमा पनि समितिले सरकारलाई सल्लाह र निर्देशन दिएको उहाँले बताउनुभयो । समितिको कार्यक्षेत्रभित्र परराष्ट्र र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्छ । प्रतिनिसभाका १० र राष्ट्रिसभाका चार र संयुक्त दुई गरी सङ्घीय संसद्मातहत १६ विषयगत समिति छन् । रासस