neapl investment mega bank
  • गृहपृष्ठ
  • गुल्मीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

गुल्मीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Jun 14th, 2020

गुल्मी  , ३२ जेठ

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको पुष्टि भएको छ । गुल्मीको  धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकका ३६ वर्षीय पुरुषको शनिबार राती मृत्यु भएको तम्घास अस्पतालका डा कविराज भुसालले जानकारी दिनुभयो ।

उनी यही जेठ २ गते भारतबाट आएका थिए। जैसीथोकस्थित पाञ्चायन माविको क्वारेन्टिनमा बसेका बेला उनमा जेठ १२ गते कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टि भएपछि तम्घासस्थित रेसुंगा नगरपालिकाको आइसोलेसनमा राखेर उपचार हुँदै आएको थियो । उनी २ वर्षदेखि अर्बुद र पायल्स रोगको बिरामी  थिए । 

उनको शवलाई राति नै नेपाली सेनाले एक जङ्गलमा व्यवस्थापन गरेको छ। यससँगै गुल्मीमा कोरोनाका कारण ज्यान गुमाउने दुई जना पुगेका छन् । यसअघि मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको बुटबलमा निधन भएको थियो ।  

aadharbhumi
aadharbhumi
aadharbhumi