काठमाडौं ,३१ जेठ
प्रतिनिधिसभाको आज बसेको बैठकले नयाँ निशान छाप समेट्नका लागि ल्याइएको संविधान संशोधन विद्येयक दुई तिहाई बहुमतले पारित गरेको छ ।
संशोधन विद्येयक पारित गर्नका लागि भएको मतदान प्रक्रियामा सहभागी सम्पूर्ण सांसदले संविधान संशोधनको पक्षमा मतदान गरेका थिए ।
प्रतिनिधि सभा बैठकमा २५८ जना सांसदको उपस्थिति थियो । विपक्षमा कुनै पनि मत खसेन । समाजवादी पार्टीकी सांसद सरिता गिरीले प्रतिनिधि सभाको बैठकमा राखेको संशोधन प्रस्ताब सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकृत गरेसँगै उनी प्रतिनिधि सभाको बैठकबाट बाहिरिएकी थिइन ।
यसअघिको निशान छापमा भएको नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका क्षेत्र समावेश थिएन । नयाँ नक्सा अनुसारको निशान छाप दुई तिहाई बहुमतले पारित गरेसँगै समेटिएको छ ।
सरकारले ल्याएको संशोधनको पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, राजपा नेपाल, समाजवादी पार्टी, राप्रपा, जनमोर्चा र नेमकिपासमेतले संशोधन विद्येयकको पक्षमा मतदान गरेका थिए ।
२३ कार्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकले लिम्पियाधुरा मुहान भएको काली नदी पूर्वको एक९एक भू९भाग नेपालको भएको निष्कर्ष निकाल्दै २५ कार्तिकमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नयाँ नक्सा जारी गर्न निर्देशन दिएको थियो ।
त्यस्तै २ जेठको नेकपा सचिवालय बैठकले नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय लिएको थियो भने नीति सरकारले मन्त्रिपरिषद्बाटै औपचारिक निर्णय गरेर ७ गते पश्चिममा लिम्पियाधुरासम्म फैलिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरेको थियो ।