neapl investment mega bank

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Jun 13th, 2020

ललितपुर, जेठ ३१

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका ८ लुभु डेरा गरी बस्ने रुपन्देही मर्चवार घर भएका २० वर्षीय सन्दिप बिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सन्दिपले ती बालिकालाई सोही ठाउँस्थित निर्माणाधिन पार्टी प्यालेसको कम्पाउन्डभित्र लगेर विभिन्न समयमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi