neapl investment mega bank
  • गृहपृष्ठ
  • बिप्लक समुहका कार्यकर्ता हातहतियार सहित पक्राउ

बिप्लक समुहका कार्यकर्ता हातहतियार सहित पक्राउ

Jun 13th, 2020

ललितपुर, जेठ ३१

बिप्लक समुहका कार्यकर्ता हातहतियार सहित पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार जेठ ३० गते शुुक्रबार १८ः४५ वजेको समयमा ल.पु.जि. म.न.पा. ११ ईखाछे बंगलामुखी नजिक बस्ने बिप्लव समुहको कार्यकर्ता वर्ष ४१ को श्याम भन्ने सानुराज बज्रचार्यको घर कोठा खानतलासी गर्दा घरको तेस्रो तल्लामा रहेको निजको कोठामा लुकाई छिपाई राखेको अवस्थामा मेटासिटको भाडोमा ईम्प्रुभाईज गरि बनाएको सकेट बम ३ थान, कटुवा पेस्तोल १ थान र ने.क.पा. (बिप्लप समुह) संग सम्बन्धित पुस्तक, लेटर प्याड समेत फेला पारिएको थियो ।

उल्लेखित सकेट बम तीन थान नेपाली सेनाको डिस्पोजल टोलीले घर कोठाबाट बाहिर सुरक्षित ठाउमा ल्याई डिस्पोज गराईएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार निज श्याम भन्ने सानुराज बज्रचार्यलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर ललितपुरबाट थप अनुसन्धान भई रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi