neapl investment mega bank
  • गृहपृष्ठ
  • पत्रकारलाई हातपात गरिएको घटनाप्रति महासंघको ध्यानाकर्षण

पत्रकारलाई हातपात गरिएको घटनाप्रति महासंघको ध्यानाकर्षण

Jun 12th, 2020

काठमाडौ, जेठ ३०

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनलाई घोराही–१५ न्युरोड निवासी साजन भण्डारीलगायतका दुई तीन जनाको समुहमा रहेका युवाहरुले दुव्र्यवहार गर्दै उहाँको मोटरसाइकलको चावी खोसी हातपातसमेत गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ दाङ शाखाका अनुसार जेठ २९ घोराही–१४ शहीद लखनपार्क नजिक स्थानीयले टिप्पर रोकेको सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा आइदिन आग्रह भएपछि त्यहाँ पुग्नु भएका अध्यक्ष प्रियासनलाई स्थानीय र टिप्पर सञ्चालकबीच सहमति गराउन प्रयास गरिरहँदा निज भण्डारीलगायतका युवाहरुको समुहले दुव्र्यवहार गर्दै उहाँको मोटरसाइकलको चावी खोसी हातपातसमेत गरेका थिए । उक्त समुहले सामाजिक सञ्जालमा अध्यक्ष प्रियासनसहित सम्पूर्ण सञ्चारकर्मीको चरित्र हत्या गर्ने उद्देश्यले विभिन्न भिडियो राखेर चरित्र हत्या गर्ने प्रयाससमेत गरेका थिए ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र रुपले बढिरहेको अवस्थामा बढ्दो जोखिमको ख्याल नगरी आफ्नो जिम्मेवारी वहन गरिरहेका पत्रकारमाथि यस किसिमले दुव्र्यवहार र हातपात हुनु प्रेस स्वतन्ता विरोधी काम हो । महासंघ अध्यक्ष प्रियासनमाथि भएको दुव्र्यवहार र हातपातको कडा शब्दमा भत्र्सना गर्दछ । घटनामा संलग्न सबैलाई तत्काल कानुनी दायरामा ल्याउन तथा यस्ता अराजक गतिविधि नियन्त्रणमा कडा कदम चाली पत्रकारलाई सुरक्षित र निर्वाध रुपमा काम गर्ने वातावरण बनाउन महासंघ सम्बन्धित निकायसँग माग समेत गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi