neapl investment mega bank
  • गृहपृष्ठ
  • निजी सवारी जोरबिजोर प्रणालीमा चलाउन पाउने , एक जिल्लाबाट अर्कोमा जान नपाउने

निजी सवारी जोरबिजोर प्रणालीमा चलाउन पाउने , एक जिल्लाबाट अर्कोमा जान नपाउने

Jun 11th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २९ जेठ

सरकारले लकडाउनलाई खुकुलो बनाउँदै निजी सवारी चलाउने दिने निर्णय गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा। युवराज खतिवडाले निजी सवारी जोरबिजोर प्रणालीमा चलाउने दिने तर एक जिल्लाबाट अर्कोमा जान नपाउने जानकारी दिए ।

खतिवडाका अनुसार सवारी साधनमा चालकबाहेक दुई जना राख्नुपर्ने र गाडीको सिटको एकतर्फको सिटमा एकजना मात्र बस्नु पर्ने र मास्क अनिवार्य लगाउनुपर्ने निर्णयसमेत सरकारले गरेको छ।