neapl investment mega bank
  • गृहपृष्ठ
  • आज एकै पटक १८७ जना डिस्चार्ज, डिस्चार्ज हुनेको संख्या ८६१ पुग्यो

आज एकै पटक १८७ जना डिस्चार्ज, डिस्चार्ज हुनेको संख्या ८६१ पुग्यो

Jun 11th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २९ जेठ

नेपालमा आज १८७ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न अस्पतालबाट १८७ जना डिस्चार्ज भएको बताए । डिस्चार्ज हुनेमा १७९ जना पुरुष र ८ जना महिला रहेको गौतमले बताए ।

योसँगै नेपालमा ८६१ जनाले कोभिड–१९ लाई जितेका छन् । तीमध्ये ७७४ पुरुष र ८७ महिला छन् । बुधवार मात्रै ९० जनाले कोरोना जितेर घर गएका छन् । त्यस्तै मृत्यु हुनेको सङ्ख्या १५ जना छ ।