काठमाडौ, जेठ २९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिंय कार्य समितीमा तीन सय २७ जना चयन भएकाछन । राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान तथा पार्टी एकिकरण सम्बन्धि आधारपत्र बमोजिम त्रय अध्यक्षको सहमतिमा हाललाई केन्द्रीय कार्य समितिमा तीन सय २७ जना, केन्द्रीय कार्य सम्पादन समितिमा ८२ जना रहेको राप्रपाले जनाएको छ ।
केन्द्रीय कार्य सम्पादन समितिमा ११ जना आमन्त्रित रहने व्यवस्था गरिएको राप्रपाले जनाएको छ । विश्वबन्धु थापाको अध्यक्षतामा उच्च स्तरीय सल्लाहकार समिति गठन गरिएको समेत राप्रपाले जनाएको छ । साथै १३ सदस्यीय सचिवालय कार्य व्यवस्था समिति गठन गरिएको एवं पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द केन्द्रीय कार्य समिति र केन्द्रीय कार्य सम्पादन समितिमा पदेन सदस्य रहेको राप्रपाले जनाएको छ । राप्रपाको त्रय अध्यक्षमा पशुपती शमसेर जबरा, डा.प्रकाशचन्द्र लोहनी, कमल थापा रहेकाछन ।
केन्द्रीय कार्य समिति:
केन्द्रीय सचिवालय कार्य व्यवस्था समिति