neapl investment mega bank

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Jun 11th, 2020

काठमाडौं, २९ जेठ

नवलपरासी(पूर्व), ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुलिङटार गाउँपालिका-१० बस्ने २८ वर्षीय ईन्द्र पन्तलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट बेल्डियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कञ्चनपुर, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका(७ पौलाह बस्ने २५ वर्षीय बिरु चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । चौधरीले बुधबार राति ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाक प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi