neapl investment mega bank
  • गृहपृष्ठ
  • टिपरको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

टिपरको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

Jun 11th, 2020

हेटौँडा, २९ जेठ

मकवानपुरको हेटौँडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । टिपरको ठक्करबाट स्कुटरमा सवार नेपाल प्रहरीका हबल्दारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० स्थित सडकमा ना.८ ख ७५५८ नम्बरको टिपरले प्रदेश ३-०२-०१२ प १३३८ नम्बरको स्कुटरलाई बुधबार राति ठक्कर दिँदा स्कुटर चालक केशर दोर्जे थिङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi