neapl investment mega bank

मकवानपुरमा ज्वाइँद्वारा सासूको हत्या

Jun 11th, 2020

हेटौँडा, २९ जेठ

मकवानपुर, गढी गाउँपालिका-१ फुलवारी बस्ने आफ्नै सासुआमा नाता पर्ने ७० वर्षीया कान्छी माया भोम्जनलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा प्युठान घर भई हाल ससुराली बस्ने ३९ वर्षीय पदम बहादुर नेपालीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नेपालीले धारिलो हतियार प्रहार गर्दा सासुआमाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर र अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।