neapl investment mega bank

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

Jun 10th, 2020

काठमाडौं, जेठ २८

धनुषा जिल्लाको धनौजी गाँउपालिका ४ तरहीबाट जेठ २७ गते एपीएफ टोलीले बिभिन्न किसिमका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १८ वर्षिय बिपिनकुमार मण्डल, १९ वर्षिय जितेन्द्र मण्डल र २० वर्षिय सबरेजकुमार सेन छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथबाट एक्जिप्लोन १७ बोतल, स्पास्मो २ पत्ता र नाईट्रोजन ट्याब्लेट २ पत्ता फेला परेपछि पक्राउ गरिएको हो ।

त्यसबेला एपीएफ टोलीले उनीहरुको साथबाट दुई वटा मोवाईल सेट समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागुऔषध तथा उक्त मोवाईल सेट सहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

यसैगरी बारा जिल्लाको बिश्रामपुर गाँउपालिका ४ बलिरामपुर स्थित सीमा ईलाकाबाट जेठ २७ गते एपीएफ टोलीले बिभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको कलैया उपमहानगरपालिका ५ बस्ने २१ वर्षिय जिवनकुमार सराफ छन् । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा पोष्ट बलिरामपुर बाट खटिएको एपीएफ टोलीले निज सराफलाई शंका लागि जाँच गर्दा उनको साथबाट नाईट्रानेट ५६ वटा, नुभिन ४ वटा, डाईजाल्याब ४ वटा, फेनारगन ४ वटा, वानरेक्स ३ बोतल र ६ सय एमएलको बोतलमा रातो नाम नखुलेको तरल पदार्थ फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका निज सराफलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi