neapl investment mega bank
  • गृहपृष्ठ
  • आफ्नै छोराको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै छोराको हत्या गरेको अभियोगमा पक्राउ

Jun 10th, 2020

रुपन्देही, २८ जेठ

कञ्चन गाउँपालिका-१ कुचेरा बस्ने ५३ वर्षीय रिम बहादुर कुमाललाई आफ्नै छोराको हत्या गरेको अभियोगमा मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

काकाको घरको छतमा सुतिरहेको अवस्थामा रिम बहादुरले बन्चरो प्रहार गर्दा गम्भीर भएका उनकै १६ वर्षीय छोरा सुदिप कुमालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले रिमबहादुरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi