neapl investment mega bank
  • गृहपृष्ठ
  • मकवानपुर घटनाप्रति महासंघको ध्यानाकर्षण

मकवानपुर घटनाप्रति महासंघको ध्यानाकर्षण

Jun 10th, 2020

काठमाडौ, जेठ २८

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका सदस्य एवं तुखवर डट कमका समाचार शाखा प्रमुख बलराम पुडासैनीलाई समाचार संकलनका क्रममा हटौडा–९ निवासी रमेश गेलालले दुव्र्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ मकवानपुर शाखाका अनुसार जेठ २७ हेटौडा–४ पारिजातपथमा मल लिन लामवद्ध रहेका किसानहरुले भोग्नु परेको समस्या र त्यहाँको अवस्था बारेमा समाचार सकंलनका लागि पुगेका पत्रकार पुडासैनीलाई निज गेलालले बिनाकारण प्रहरीकै सामुन्ने धकेल्दै अपशब्द प्रगोग गर्दै दुव्र्यहार गरेका थिए ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र रुपले बढिरहेको अवस्थामा सम्भावित जोखिमको ख्याल नगरी पेशागत कर्ममा जुटेका पत्रकारमाथि यस किसिमले प्रस्तुत हुनु प्रेस विरोधी काम हो । महासंघ पत्रकारमाथि भएको दुव्र्यवहारको कडा शब्दमा भत्र्सना गर्दछ । घटनामा संलग्नमाथि कानुनी कारबाही गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन र निर्वाध रुपमा काम गर्ने वातावरण मिलाउन महासंघ सम्बन्धित निकायसँग माग गर्दछ, महासंघले बिज्ञप्ती जारी गर्दे भनेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi