neapl investment mega bank

श्रोत नखुलेको नगद सहित पक्राउ

Jun 9th, 2020

रौतहट, जेठ २७

गौर नगरपालिका ४ टिकुलिया बकैया नदीको बाँधस्थित श्रोत नखुलेको नेपाली ८ लाख रुपैयाँ र मोबाइल २ थान सहित ईशनाथ नगरपालिका-४ महुलिया मठिया टोल बस्ने २० वर्षीय धर्मेन्द्र साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको साहलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi