neapl investment mega bank
  • गृहपृष्ठ
  • रुपन्देही सामूहिक हत्याकाण्ड : एक व्यक्ति नियन्त्रणमा

रुपन्देही सामूहिक हत्याकाण्ड : एक व्यक्ति नियन्त्रणमा

Jun 9th, 2020

बुटवल, २७ जेठ

रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति भएको सामूहिक हत्याको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । हत्या गरिएकामा एक महिला र चार पुरुष छन् ।

घटनास्थल गाई फार्म नजीकै भेटिएका झपेन्द्र सिंजालीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी दिनुभयो । उनी सोही फार्ममा कार्यरत रहेको बताइएको छ ।

घटनास्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले स्थानीयवासी कृष्णबहादुर पुनको गङ्गादेवी पशु फार्ममा काम गर्ने रुपन्देही सैनामैनाका ४० वर्षीय माधव मुसहर र ३७ वर्षीया जानकी मुसहरसहित तिलोत्तमा –९ का १४ वर्षीय पोखराज मुसहर, १५ वर्षीय आशिष चौधरी र १६ वर्षीय करण चौधरीको हत्या भएको जानकारी दिनुभयो । उहाँका अनुसार अभियुक्तले खेत खन्ने फरुवा प्रहार गरी हत्या गरेका थिए ।

मृतकमध्येका माधव र जानकी दम्पती हुन् । उनीहरु सोही फार्ममा काम गर्दै आएका थिए ।
हत्याको कारण अहिलेसम्म खुल्न सकेको छैन । पशु फारामका सञ्चालक पुनले फाराममा काम गर्ने मजदूरबीच अहिलेसम्म कुनै विवाद भएको आफूलाई थाहा नभएको बताएको सोही वडाका वडाध्यक्ष व्यासमुनि चौधरीले जानकारी दिनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi