neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोना सङ्क्रमितलाई आइसोलेशनमा लिएर आउँदै गरेको एम्बुलेन्स दुर्घटना

कोरोना सङ्क्रमितलाई आइसोलेशनमा लिएर आउँदै गरेको एम्बुलेन्स दुर्घटना

Jun 9th, 2020

अर्घाखाँची, २७ जेठ

कोरोना सङ्क्रमितलाई आइसोलेशनमा लिएर आउँदै गरेको एम्बुलेन्स गएर राति दुर्घटना हुँदा पाँच सङ्क्रमित घाइते भएका छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर ७ चन्द्रप्रभा माविको क्वारेन्टाइनबाट कोरोना सङ्क्रमित लिएर वडा नं १ हटारीनेटाको आइसोलेशनमा आउँदै गर्दा खाँचीकोट डिहिडाँडा फर्जेङ खोला बजार नजीकै लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो ।

घाइते पाँचै जनाको हटारीनेटाको आइसोलेशन वार्डमा राखी उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानाकारी दिनुभयो । रासस

aadharbhumi
aadharbhumi
aadharbhumi