neapl investment mega bank

लकडाउनमा पनि उर्लियो विकासको लहर

Jun 8th, 2020

आधारभूमि संवाददाता
ललितपुर, २६ जेठ


कोरोनाका कारण देशभर भइरहेको लकडाउनले गर्दा अहिले सबै ब्यापार, विकास निर्माणका काम ठप्प छन् । कोरोनाका कारण मानिसहरु घर भित्र बस्न बाध्य छन् । तर महालक्ष्मी नगरपालिकाले लकडाउनमा पनि विकास निर्माणको काम अघि सारेको छ । नगरपालिकाले उदयविनायक वडा भवन जाने बाटो र गोदावरी खोला जोड्ने बाटोको स्तरोन्नती कार्य अघि बढाएको हो । यी दुवै योजना २०७७ जेठ ५ गतेबाट सुरु भएर २०७८ असार ५ गते सम्पन्न हुने उपभोक्ता समितिले जनाएको छ ।

वडा भवन जाने बाटोको कुल लागत १२ लाख रुपैयाँ रहेको छ । जसमध्ये नगरपालिकाबाट १० लाख रुपैयाँ र उपभोक्ता समितिबाट २ लाख रुपैयाँ बिनियोजन गरिएको छ । त्यस्तै गोदावरी खोला जोड्ने बाटोको कुल लागत ६ लाख रुपैयाँ रहेको छ । यसमा भने नगरपालिकाबाट ५ लाख रुपैयाँ र उपभोक्ता समितिबाट १ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi