neapl investment mega bank
  • गृहपृष्ठ
  • विपद पुर्व तयारी संजाल नेपाल (डिपीनेट) को २५ औ रजत महोत्सव सम्पन्न

विपद पुर्व तयारी संजाल नेपाल (डिपीनेट) को २५ औ रजत महोत्सव सम्पन्न

Jun 8th, 2020

काठमाडौ, जेठ २६

विपद पुर्व तयारी संजाल नेपाल (डिपीनेट) ले आफ्नो २५ औ रजत महोत्सव वर्तमान परिवेशमा डिपीनेटको भुमिका विषयमा विचार मन्थनका साथ जुम भर्च्यूल वैठक गरी गरि मनाएको छ । डिपीनेट का अध्यक्ष सूर्य बहादुर थापाको अध्यक्षता, पुर्व शिक्षा मन्त्री एंव विपद् व्यवस्थापन विज्ञ डा. गंगालाल तुलाधरको प्रमुख आतिथ्यता र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पेखरेलको विशेष उपस्थितिमा संचालन गरिएको वैठकमा डिपीनेट नेपालका वर्तमान पदाधिकारी तथा सदस्यहरू, सल्लाहकारहरू, पुर्व अध्यक्ष एवं पदाधिकारीहरू, डिपीनेट नेपालका सदस्य संस्थाहरू, युनडिपी, नेपाल रेडक्रस, रास्टिय प्रकोप व्यवस्थापन संजाल नेपाल (डिमान), विपद् व्यवस्थापन विज्ञहरू र विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डा. गंगालाल तुलाधरले कोभिड १९ को महामारी र संक्रमणको रोकथाम र मनसुन संग सम्वन्धित वाढी पहिरो चट्र्याग जस्ता प्रकोपवाट हुन सक्ने विपद् र त्यसवाट हुन सक्ने क्षतिहरूको न्यूनीकरण गर्नकलागि डिपीनेट र डिमान जस्ता संस्थाहरूको भुमिका महत्वपूर्ण रहने कुरा बताए । विपद संग सम्वन्धित कानुन, नीति नियम, रणनीतिक योजनाहरू र निर्देशिकाहरूको प्रभावकारी कार्यान्वयनमा जोडदिनु पर्दछ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाइ वलियो वनाएर उद्देश्य अनुसार काम गर्नको लागि सरकार र हामी सबैले सरोकारवालाहरूले सहयोग गर्नु पर्दछ, उनले भने ।

कार्यक्रमका विशेष अतिथि प्राधिकरणका प्रमुख अनिल पोखरेलले डिपीनेट नेपालको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्दे डिपीनेट नेपालले गर्दै आइरहेका कार्यक्रमहरूको प्रशंसा गरे । प्राधिकरणले पाँच वर्षको रणनीतिक योजना वनाइरहेको र उक्त योजना स्वीकृत भए पछि उक्त योजनाको कार्यान्वयनका लागि सबै सरोकारवालाहरू संग सहकार्य र समन्वय गरेर अगाडी वढिने वारेमा जोड दिए । वैठकमा सबै वक्ताहरूले डिपीनेट नेपाललाइ शुभकामना दिनुहुदै डिपीनेटले सरकारी, गैह् सरकारी संस्था र नीजी क्षेत्रवीच समन्वय र सहकार्य गरी अगाडी वढ्नको लागि खेलेको भुमिका, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, नियमावलीको निर्माण र २०१८ देखि २०३० सम्मको रणनीतिक योजना वनाउन खेलेको भुमिकाको खुलेर प्रशंसा गर्दै संजालको संस्थागत विकास र निरन्तरता, कार्यालय संचालनका लागि वार्षिक वजेट विनियोजन गर्नको लागि अनुरोध गर्नु भयो । वैठकमा संजालका महासचिव राजु थापाले संजालले २५ वर्षको दौरानमा गरिएका महत्वपूर्ण कामहरूको वारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा यून डि पी का सहायक आवसिय प्रतिनिधि विजय सी, डिमानका महासचिव अधिवक्ता विश्णु तिमिल्सिना, पत्रकार जगदीश खरेल, ए आइएन टि जी डि एमका प्रतिनिधि धर्म उप्रेती, डिपीनेटका पुर्व अध्यक्षहरू प्रा.डा. विशालनाथ उप्रेती, डा. मीन वहादुर पैडेल क्षेत्री, रामचन्द्र न्यौपाने, उपाध्यक्ष श्याम ज्ञावली, पुर्व वोर्डका महासचिव दिपक पौडेल, सदस्य प्रा. हरिदर्शन श्रेष्ठ, रिता ढकाल जायसवाल, इसिमोडका मन्दिरा श्रेष्ठ, महिला मानविय फोरमवाट कृष्ण कार्की अपागंता क्षेत्रवाट डिपीनेटका प्राविधिक सल्लाहाकार पल्लब पन्त, भौगरभिक समाजका निवर्तमान अध्यक्ष कविराज पौडेल, गूह मन्त्रालय विपद् व्यवस्थापन महाशाखामा रहि लामो समय काम गरेर भर्खरै अवकाश प्राप्त गरेका उपसचिव वंशी आचार्य लगाएतले शुभकामना प्रदान गर्दे अहिलेको विपद्को अवस्थामा डिपीनेटको भुमिका महत्वपूर्ण रहन्छ भन्ने कुरामा जोड दिए ।

कार्यक्रममा स्वागत संजालका उपाध्यक्ष राम प्रशाद भट्रराइ र धन्यवाद ज्ञापन कोषाध्यक्ष मूदुला शर्मा ढकालले गरेका थिए । वैठक अध्यक्ष सूर्य बहादुर थापा ले डिपीनेटको विकासका लागि आज सम्म विभिन्न हिसाबमाले योगदान पुर्याएका संघ संस्था, सरकारी कार्यालय, विभिन्न नेटवर्क, संजालका पुर्व एवं वर्तमान कार्य समितिका पदाधिकारीहरू एवं सदस्यहरू र सबै सहयोगी एंव शुभेच्छुकहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दै वैठक समाप्त भएको घोषणा गरेका थिए । वैठक साढे तीन घण्टा सम्म संचालन भएको थियो ।

डिपीनेट नेपाल विपद् जोखिम न्यूनीकरण का लागि रास्टिय कार्य मंचको सचिवालयको रूपमा रहेको छ । mयसको अध्यक्षता विगतमा गूह सचिववाट हुदै आइरहेकोमा हाल विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुखवाट हुदै आएको छ । यो कार्य मंचमा सरकारी, गैह् सरकारी, सुरक्षा निकाय, नीजी क्षेत्र र मिडिया क्षेत्रको पनि सहभागिता रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi