neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा कटुवा पेस्तोल तथा लागूऔषधसहित पक्राउ

एपीएफ टोलीद्वारा कटुवा पेस्तोल तथा लागूऔषधसहित पक्राउ

Jun 7th, 2020

सिरहा, जेठ २५

सिरहा जिल्लाको लाहान नगरपालिका ६ बाट जेठ २४ गते एपीएफ टोलीले एउटा कटुवा पेस्तोल तथा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने दिपेन्द्रकुमार यादव छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सुरक्षा वेश लाहानबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

विशेष सुचनाको आधारमा खटिएको एपीएफ टोलीले निज यादवको घरमा जाँच गर्दा उनको ओछ्यानमा ब्ल्याङ्केटले छोपि राखेकोे अवस्थामा उक्त कटुवा पेस्तोल तथा २८ वटा निट्राजेपाम ट्याब्लेट फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका निज यादवलाई एपीएफ टोलीले बरामद पेस्तोल तथा लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi