neapl investment mega bank
  • गृहपृष्ठ
  • हातहतियार र लागूऔषध सहित पक्राउ व्यक्तिका सम्बन्धमा अनुसन्धान शुरु

हातहतियार र लागूऔषध सहित पक्राउ व्यक्तिका सम्बन्धमा अनुसन्धान शुरु

Jun 7th, 2020

सिरहा, जेठ २५

लहान नगरपालिका १५ घर भई हाल सोही नगरपालिका ५ हटिया बजार डेरा गरी बस्ने २७ वर्षीय दिपेन्द्र कुमार यादव कटुवा पेस्तोल १ थान र नियन्त्रित लागूऔषध नाईट्राभेट ट्याबलेट २८ थान सहित शनिबार पक्राउ परेको सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

यादवलाई डेरा कोठाबाट उक्त पेस्तोल र लागूऔषध सहित फेला पारी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लहानले नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय लहानमा बुझाएपछि यादव उपर थप अनुसन्धान भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi