neapl investment mega bank

धारिलो हतियार खुकुरी प्रहार गरी हत्या

Jun 7th, 2020

खोटाङ, जेठ २५

केपिलासगढी गाउँपालिका २ खार्ताम्छा बस्ने ६५ वर्षीय डिल्लि राज राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय शुभराज राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

शुभराजले डिल्ली राज र उनकी श्रीमतीलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङ र प्रहरी चौकी खार्ताम्छाबाट कटिएको प्रहरीले उनलाई मानाचिम भन्ने स्थानमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । गम्भीर घाइते भएका डिल्ली राजको उपचारको लागि लैजाने क्रममा मृत्यु भएको हो भने उनकी घाइते श्रीमतीलाई उपचारको लागि कैलाश एयरको हेलिकप्टरद्वारा काठमाडौंतर्फ पठाउने कार्य भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi