काठमाडौं ,२५ जेठ
गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको अनुसार नयाँ ३८ जनामा कोरोना पुष्टि भएको हो। निर्देशनालयको अनुसार संक्रमितहरु स्याङजा, गोरखा, बागलुङ र नवलपरासी बर्दघाट सुस्ता पूर्वका हुन् ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको कूल संख्या ११३ पुगेको छ । संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।