neapl investment mega bank
  • गृहपृष्ठ
  • नेत्रविक्रम चन्द समूहका नेता खत्रीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

नेत्रविक्रम चन्द समूहका नेता खत्रीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

Jun 5th, 2020

काठमाडौँ, २३ जेठ

सर्वोच्च अदालतले नेत्रविक्रम चन्द समूहका नेता चक्रबहादुर खत्रीलाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले आज खत्रीलाई राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा सदस्यको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो ।

आदेशमा आयोग केन्द्रीय कायालयमा यही जेठ २५ गते खत्रीलाई उपस्थित गराई आयोगका अध्यक्ष वा सदस्यको रोहबरमा थुनामुक्त गर्न भनिएको छ । गैरकानूनी रुपमा खत्रीलाई पटकपटक थुनामा राखिएको उल्लेख गर्दै आदेशमा खत्रीलाई थुनामुक्त गरेर सम्मानपूर्वक बाँच्न पाउने हकको उपभोग गर्ने सन्दर्भमा आयोगले नै अनुगमन गर्नु भनी आदेशमा छ । रासस

aadharbhumi
aadharbhumi
aadharbhumi