neapl investment mega bank
  • गृहपृष्ठ
  • अनलाइन पत्रकारहरुको निःशुल्क कोरोना बीमा

अनलाइन पत्रकारहरुको निःशुल्क कोरोना बीमा

Jun 5th, 2020

काठमाडौ, जेठ २३

अनलाइन पत्रकार संघमा आवद्ध सबै पत्रकार साथीहरुको १ लाख रुपैयाँ बिमांक बराबरको कोरोना बीमा गरिएको संघले जनाएको छ । संघका अनुसार अभिव्यक्ति स्वतन्त्रता, सुचनाको हकलगायत पत्रकारिताका क्षेत्रमा सक्रिय संस्था फ्रिडम फोरमको आर्थिक सहयोगमा कोरोना बीमा भएको हो ।

यो बीमा कार्यक्रमका लागि संघका सदस्य साथीहरुले बीमाशुल्क तिर्नुपर्नेे छैन । अनलाइन पत्रकार संघ र फ्रिडम फोरमको सहकार्यमा फोरमले बीमा शुल्क तिरेर नेपालको अग्रणी बीमा कम्पनी शिखर इन्स्योरेन्समा बीमा गराइएको हो ।

अहिले नेपाली पत्रकारिताको मूलधारको रुपमा स्थापित भइसकेको अनलाइन पत्रकारितमा संलग्न पत्रकार साथीहरु समाचार संकलन, सम्पादन, प्रकाशन तथा प्रसारण जस्ता कार्यका लागि कार्यस्थलमा खटिनु पर्ने र कोरोना भाइरस (कोभिड १९) संक्रमणको उच्च जोखिम क्षेत्रमा रहेर समेत काम गर्नुपर्ने अवस्थाका कारण कोरोना बीमाले श्रमजिवी पत्रकारलाई केही राहत मिल्ने विश्वास संघ र फोरमले लिएका छन् ।

अनलाइन पत्रकार संघमा आवद्ध सबै पत्रकार साथीहरुको कोरोना बीमाको लागि लाग्ने बीमाशुल्क तिरेर बीमा गराउन सहयोग गरेकोमा फ्रिडम फोरमप्रति संघले विशेष अभार व्यक्त गरेको जनाएको छ । आगामी दिनमा पनि यो प्रकारको सहयोग र सहकार्यका लागि फोरमसँग संघले अपेक्षा पनि गरेको छ । श्रमजिवी पत्रकारहरुको संस्था अनलाइन पत्रकार संघले आफ्ना सदस्य साथीहरुको क्षमता अभिबृद्धि, पेशागत सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता जस्ता विषयमा गम्भीर वकालत र पहलकदमी लिदै आएकोमा आगामी दिनमा पनि सदस्यहरुलाई बढीभन्दा बढी फाइदा पुग्ने प्रकारका कार्यक्रमहरु संचालन गर्ने विश्वास दिलाउन चाहन्छौं, संघले भनेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi