neapl investment mega bank

नगरकोटमा ५५ जनाद्धारा रक्तदान

Jun 5th, 2020

भक्तपुर, जेठ २३

कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले जारी गरेको लकडाउनका समयमा जिल्लामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा १४ महिलासहित ५५ जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक एवम् उपशाखा सदस्य बिजय लामिछानेले जानकारी दिए । रक्तसञ्चार सेवा केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा चा“गुनारायण नगरपालिका–६ स्थित गितामन्दिर प्रांगणमा आयोजित रक्तदान कार्यक्रममा सामाजिक दुरी कायम हुने गरी कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न सतर्कता अपनाइएको उपशाखा सचिव श्रीराम लामिछानेले बताए ।

‘प्रत्येक १८ बर्ष उमेर पुगेका युवाले आफ्नो जन्मोत्सवस“गै रक्तदानको शुभारम्भ गरौं’ भन्ने सन्देश प्रवाह गर्न र रगतको अभाव न्यूनिकरण गर्न रक्तदानको आयोजना गरिएको उपशाखा सभापति सोम शर्मा (बजगाईं)ले जानकारी दिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi