neapl investment mega bank
  • गृहपृष्ठ
  • दुर्लभ वन्यजन्तु सालकको खपटा सहित तनि जना पक्राउ

दुर्लभ वन्यजन्तु सालकको खपटा सहित तनि जना पक्राउ

Jun 5th, 2020

मकवानपुर, जेठ २३

मनहरी गाउँपालिका ७ स्थितबाट दुर्लभ वन्यजन्तु सालकको खपडा ६ सय ५० ग्राम सहित तीन जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका १२ बस्ने ३२ वर्षीय लाल सिं बोम्जन, मनहरी गाउँपालिका ७ बस्ने बस्ने ३९ वर्षीय अबमिकल घलान र चितवन राप्ती नगरपालिका-७ बस्ने ५५ वर्षीय बधुवा चौधरी रहेका छन् । उक्त स्थानमा सालकको खपडा कारोवार भइरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।

पक्राउ तीनै जनालाई बरामद सालकको खपडा सहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय राप्ती मनहरी, मकवानपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi